काठमाडौं- बसले पैदलयात्रीलाई ठक्कर दिँदा धनुषामा एक जनाको ज्यान गएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ चारनाथ पुलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।
ज्यान गुमाउनेमा स्थानीय ६५ वर्षीय राजेन्द्रप्रसाद जैसवालको रहेका छन्।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाइएको छ ।
ना७ख ७४ ४३ नम्बरको बसले पैदल हिँडिरहेका उनलाई गए राति करिब साढे १० बजे ठक्कर दिएको थियो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।