आइतबार, साउन ३१, २०८३

साथीको हत्या आरोपमा एक जना पक्राउ

कटहरी गाउँपालिका ३ का ३८ वर्षीय शेखर राजव्रशीलाई साथीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

मोरङ- कटहरी गाउँपालिका ३ का ३८ वर्षीय शेखर राजव्रशीलाई साथीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ। स्थानीय २८ वर्षीय झप्पु भन्ने अशोक ऋषिदेवको शनिबार राति हत्या गरी चक्रपथ सडकको नालामा फालेको आरोपमा राजवंशीलाई सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

राजवंशीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गराएर अनुसन्धान सुरु गरिएको   मोरङका प्रहरी प्रवक्ता डीएसपी मन्जिल मुकारुङले बताए।

ऋषिदेवको शव साइकलसहित नालामा डुबेको अवस्थामा आइतबार फेला परेको थियो। शनिबार रातिसँगै मदिरा सेवन गरेर चक्रपथ सडकमा हाँसोठट्टा गर्दै हिँड्ने क्रममा राजवंशीले धक्का दिँदा ऋषिदेव लडेका थिए।

लडेपछि टाउकोको पछाडि भागमा गम्भीर चोट लागेर घटनास्थलमा नै ऋषिदेवको मृत्यु भएपछि घटना लुकाउन राजवंशीले शव नहरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनलाई  पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Jan 25, 2022| 09:15 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।