आइतबार, साउन ३१, २०८३

कस्तो रहला आजको मौसम?

आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं- आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसले आज पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भूभागमा सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

आज देशका अन्य भूभागमा आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राति पनि पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ। हाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।  यसका साथै  मनसुन सक्रिय नै रहेका कारण मनसुन सक्रिय नै रहेकाले उच्च स्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।

प्रकाशित: Jan 25, 2022| 08:15 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।