बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा केसीको अवस्था जटिल, 'हाइपोक्यालेमिया' भएको चिकित्सको ठहर

डा केसीको अवस्था जटिल, 'हाइपोक्यालेमिया' भएको चिकित्सको ठहर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जुम्ला- चिकित्सा शिक्षा सुधारको माग राख्दै १८ दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्यमा जटिल समस्या देखा परेको छ। लामो समयदेखि रगत परिक्षण गराउन नमानेका कारण के भयो भन्ने पत्ता लगाउन सकिएको थिएन। 

वार्ता समिति गठन भएपछि रगत परिक्षणका लागि तयार भएका डा केसीलार्इ 'हाइपोक्यालेमिया' भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चिकित्सकीय भाषामा 'हाइपोक्यालेमिया' भन्नाले रगतमा पोटासियमको मात्रा कम हुनु भन्ने हुन्छ।

डा. पुजन रोकाया, डा. सिद्धार्थ खाती र डा. धिरज गुरुङले केसीको स्वास्थ्यका बारेमा जारी गरेको प्रेस नोटमा भनिएको छ,“रगतमा पोटासियम, म्याग्नेजियम र क्यालसियमको मात्रा निकै घटेको छ जसको सिधा सम्बन्ध मुटुको चालमा हुन्छ। डा. केसीलाई विगतमा पनि मुटुको चालमा गडबडि देखिएको र यसैपटक पनि धेरैपटक एक्टोपिस बिट्स आइसकेको हुँदा रिपोर्टअनुसार जुनसुकै अवस्थामा पनि मुटुको चालमा गडबडी आइ धड्कन बन्द हुनसक्ने देखिएको छ।”

डा केसीको मुटुको चाल घटबढ भइरहने, श्वासप्रश्वासको गति र रक्तचापमा व्यापक गडबडी उठेर बस्दा शरीर गल्ने अनि हात खुट्टा लुलो भएको जस्तो हुने समस्या डा केसीमा देखिदै आएको छ । 

पोटासियमको कमि भएसँगै पेटका मांसपेशीहरुमा पनि असाधारण परिवर्तन आएकोले पेट दुख्ने, वाकवाकी लाग्ने समस्याहरु डा केसीमा विगत केही दिनयता झन थपिदै गइरहेको छ। क्यानुला राखिएको दुवै हातमा संक्रमण देखिन थालेको अवस्थामा सेप्सिस भइहाले स्थिति थप बिग्रने देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

बिहानीपख अचानक ‘स्याचुरेसन’ घटेर ७० को हाराहारीमा पुगेपछि अक्सिजनको मात्रा बढाइएको छ। 

मुटुको चालमा आउनसक्ने गढबढिलाइ ध्यानमा राख्दै अनशन स्थलमा डिफिब्रीलेटर तयारी अवस्थामा राखिएको छ।  तर यसरी मुटुमा गम्भीर समस्या देखिएमा डा केसीलाइ सिसियुमै राखेर उपचार गर्नु पर्ने  चिकित्सकहरुको सुझाव छ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रष्ष्ठिानमा अनशनमा बसेका केसीले संसद्‍मा अघि बढाइएको चिकित्सा शिक्षा सम्बन्धी विधेयक फिर्ता वा स्थगन गरेमात्रै आफू काठमाडौं आएर उपचार गर्न तयार रहेको अडान कायमै राखेका छन्।

शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा सरकारले वार्ता समिति बनाएको छ भने डा केसीका पक्षबाट पहिले नै वार्ता समिति बनाइएको थियो। केसीका पक्षबाट डा अभिषेक राज सिँह, डा. सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, डा वाइपी सिँह र डा. जीवन क्षेत्री रहेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।