बुधबार, भदौ ३, २०८३

चीनबाट फर्किए वर्षमान, भन्छन्- महासचिवमा दाबी गरेकै हुँ

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। असोज १३ गते उपचारका लागि थाइल्यान्ड गएका पुन उतैबाट चीन गएका थिए। करिब ४ महिनापछि नेता पुन सोमबार स्वदेश फर्किएका हुन्।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। असोज १३ गते उपचारका लागि थाइल्यान्ड गएका पुन उतैबाट चीन गएका थिए। करिब ४ महिनापछि नेता पुन सोमबार स्वदेश फर्किएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।

करिब चार महिनाको उपचारपछि उनले पूर्ण स्वास्थ्यलाभ गरेको बताइएको छ। क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत जन्डिसको समस्यासँग जुधेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए।

नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन  उपचार गरिएको थियो। यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो।

पार्टीमा प्रभावशाली मानिने नेता पुन नफर्किएकाले महाधिवेशन सकिएको एक महिनासम्म पनि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। पुनले पार्टीमा महासचिव दाबी गर्दै आएका छन्। विमानस्थलमा पनि उनले आफ्नो दाबी दोहोर्‍याए। 

‘मैले विगतमा सचिव भएर काम गरेको हुनाले महासचिवमा दावी मैले गरेकै हुँ,' उनले भने। यद्यपि समझदारीबाट टुग्याउन सकिनेसमेत उनले बताए। 

पुन फर्कने टुंगो लागेसँगै माओवादीले माघ २७ गते पदाधिकारी चयन गर्ने निर्णय गरिसकेको छ। 

प्रकाशित: Jan 24, 2022| 20:31 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...