आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीको अर्धवार्षिक प्रतिवेदन - अनुसन्धानमा सकारात्मक प्रगति

प्रहरीको अर्धवार्षिक प्रतिवेदन - अनुसन्धानमा सकारात्मक प्रगति

नेपाल प्रहरीको आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरीको सक्रियताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रगति भएको तथ्यांकले देखाएको बताएका हुन्।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले सकारात्मक प्रगति हासिल गरेको बताएका छन्। 

नेपाल प्रहरीको आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरीको सक्रियताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रगति भएको तथ्यांकले देखाएको बताएका हुन्। 

'सवारी दुर्घटना, लैङ्गिक हिंसाका घटनाको न्यूनीकरण तथा अनुसन्धान, हिरासत व्यवस्थापनमा अझ संवेदनशील तथा गम्भीरताका साथ प्रहरी परिचालित हुनुपर्छ,' उनले भने। 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नागरिक सेवा एवम् मुलुकमा शान्ति सुव्यवस्था कायम गर्दै वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न तथा कोभिड–१९ महामारीको समयमा समेत प्रहरी कर्मचारी विचलित नभई कार्य सम्पादन गर्न निर्देशन दिए। 

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले भर्चुअल रुपमा उपस्थित भई शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोतसाधनको व्यवस्थापन लगायतका बारेमा प्रस्तुतीकरण गरेका थिए। 

प्रकाशित: Jan 24, 2022| 23:00 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।