मंगलबार, माघ २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस गण्डकी प्रदेश कार्यलयको मुख्य सचिवमा प्रकाश बराल नियुक्त

कांग्रेस गण्डकी प्रदेश कार्यलयको मुख्य सचिवमा प्रकाश बराल नियुक्त

नेपाली कांग्रेसको १४ महाधिवेशनबाट प्रदेश प्रतिनिधिका रुपमा चुनिएका बराललाई आइतबार प्रदेश सभापति शुक्रराज शर्माले पदभार ग्रहण गराएका हुन्।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

National life
Laxmi sunrise bank

पोखरा- नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यलयको मुख्य सचिवमा प्रकाश बराल नियुक्त भएका छन्। नेपाली कांग्रेसको १४ महाधिवेशनबाट प्रदेश प्रतिनिधिका रुपमा चुनिएका बराललाई आइतबार प्रदेश सभापति शुक्रराज शर्माले पदभार ग्रहण गराएका हुन्।

पदमा रहेर बरालले नेपाली कांग्रेस प्रदेश कार्यलयमा प्रशासनिक प्रमुखको काम गर्ने भएका छन्। पार्टीको मुख्य सचिव पदमा नियुक्त भएका बराल यसअघि कास्की क्षेत्र नम्बर ३ को सभापति थिए। 

पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै उनले प्रदेश तहमा प्रशासनिक आर्थिक तथा व्यवहारिक रुपमा अनुशासन कायम गर्दै कार्य सञ्‍चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 


प्रकाशित: Jan 24, 2022| 19:15 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...