बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शेखर समूहले भन्‍यो- सभापतिले एक्लौटी निर्णय गरे, चुनावमा गठबन्धन घातक

शेखर समूहले भन्‍यो- सभापतिले एक्लौटी निर्णय गरे, चुनावमा गठबन्धन घातक

नेपाली कांग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नै नगरी निर्वाचनका विषयमा निर्णय गरेको भन्दै आपत्ति जनाएको छ। त्यसैगरी पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्षसमेत शेखर समूहको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नै नगरी निर्वाचनका विषयमा निर्णय गरेको भन्दै आपत्ति जनाएको छ। त्यसैगरी पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्षसमेत शेखर समूहको छ। 

नेता शेखर कोइरालाले सोमबार आफूनिकट नेताहरूसँग गरेको भर्चुअल संवादमा नेताहरुले सभापति देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीभित्र कुनै छलफल नगरेको र पार्टीमा एकलौटी शासन थालेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत सहभागी थिए। उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बन्द्री पाण्डे र जीवन परियार राष्ट्रिय सभा चुनावको तयारीका लागि बाहिर रहेकोले छलफलमा सहभागी थिएनन्।

शेखर समूहले तीनै तहको निर्वाचनमा पार्टीले गठबन्धनको भारी बोक्न नहुने निर्णय गरेको एक नेताले जानकारी दिए। ती नेताले भने, ‘वैशाखमा स्थानीय तहको चुनाव हुनुपर्ने हाम्रो निष्कर्ष रह्यो, साथै तीन तहकै चुनाव कांग्रेसले एक्लै लड्नुपर्छ। त्यसका लागि पार्टीभित्र एकता कायम गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।’

सभापति देउवा गठबन्धनसँग मिलेर चुनावमा जान खोजिरहेको विषयमा कोइरालाले नेताहरूको राय लिएका थिए।

स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनुपर्नेमा नेताहरूले जोड दिएका थिए। सत्तारूढ गठबन्धनले भने चुनावसँग बाझिने स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर संविधानअनुसार बनाउनुपर्ने बताइरहेका छन्। चुनावबारे गठबन्धनमा पटकपटक छलफल भए पनि कांग्रेसले पार्टीमा छलफल भने गरेको छैन।

प्रकाशित: Jan 24, 2022| 18:48 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...