मंगलबार, कात्तिक ३, २०८३

ढाका फिल्म फेस्टिभलमा दुई नेपाली फिल्मलाई निर्देशक र स्क्रिप्टको अवार्ड

फेस्टिभलको ‘वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब’अन्तर्गत किरण पोखरलेको ‘पुतलीको सपना’ले उत्कृष्ट स्क्रिप्टको अवार्ड जित्दा सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ले एसियन सिनेमा विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड पाएको हो।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- ढाका इन्टरनेसनल फिल्म फेस्टिभलको २० औं संस्करणमा दुई नेपाली फिल्मले अवार्ड जितेको छ। फेस्टिभलको ‘वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब’अन्तर्गत किरण पोखरलेको ‘पुतलीको सपना’ले उत्कृष्ट स्क्रिप्टको अवार्ड जित्दा सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ले एसियन सिनेमा विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड पाएको हो। 

उत्कृष्ट स्क्रिप्टको अवार्डसँगै किरणले पाँच हजार अमेरिकी डलर पुरस्कार पाएका छन्। किरणले तयार गरेको ‘पुतलीको सपना’ स्क्रिप्ट माओवादी द्वन्द्वकालको समय लैंगिक पहिचानका खातिर संघर्षमा होमिएकी १६ वर्षीया किशोरीको कथामा आधारित छ। अहिले पनि किरण यसको फाइनल ड्राफ्टमा काम गरिरहेका छन्। फिल्मलाई २०२४ पछि फ्लोरमा लाने तयारीमा उनी छन्।

त्यस्तै ‘ऐना झ्यालको पुतली’मा भने दुई दिदीभाइको कथा छ। यो फिल्म बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको ‘न्यु करेन्ट सेक्सन’मा समेत छनोट भएको थियो। कोरोना महामारीकै कारण यो फिल्म सार्वजनिक प्रदशर्नमा भने आउन सकेका छैनन्।

प्रकाशित: Jan 24, 2022| 17:47 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।