मंगलबार, कात्तिक ३, २०८३

भोजपुरी स्टार निरहुआसँग फिल्म गर्दै शिल्पा पोखरेल

विराज भट्ट भोजपुरी सिनेमामा आफूलाई स्थापित गर्न सफल नेपाली कलाकार हुन्। पछिल्लो समय यही दौडमा छिन् अभिनेत्री शिल्पा पोखरेल।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं– विराज भट्ट भोजपुरी सिनेमामा आफूलाई स्थापित गर्न सफल नेपाली कलाकार हुन्। पछिल्लो समय यही दौडमा छिन् अभिनेत्री शिल्पा पोखरेल। 

छविराज ओझाको फिल्म ‘लज्जा’ बाट अभिनयमा डेब्यु गरेकी शिल्पाले हालै दुई भोजपुरी सिनेमा ‘प्रेमगीत २’ र ‘जय शम्भु’ मा अभिनय गरिन्। यी दुवै सिनेमामा भोजपुरी अभिनेता प्रदीप पाण्डे (चिन्टु) सँग अनस्क्रिन रोमान्स गरेकी शिल्पा अब भोजपुरी सिनेमाका स्टार दिनेशलाल यादवसँग देखिने भएकी छिन्। 

भोजपुरी फिल्मका निर्देशक सोनु खत्रीको निर्देशनमा बन्न लागेका दुई फिल्म ‘निरहुआ चलल लण्डन २’ र ‘हनुमानकी गल्ली’मा शिल्पा लिड हिरोइनका रुपमा फाइनल भएकी हुन्। निर्देशक खत्रीले थुप्रै भारतीय मिडियासँग यसको जानकारी दिइसकेका छन्। 


दिनेशलालको अपोजिटमा देखिने भएपछि शिल्पाले सिनेमाको चरित्रअनुसार आफूलाई ढाल्न जिम ज्वाइन गरिसकेकी छिन्। यो सिनेमामा दिनेशलाल यादव ‘निरहुआ’सँगै कलाकार आम्रपाली दुवे पनि महत्वपूर्ण भूमिकामा देखिँदैछन्।  

‘म भोजपुरी उद्योगमा एउटा सिनेमा गर्नका लागि मात्रै आएकी होइन। म यहाँ आफूलाई स्थापित गर्न चाहन्छु, हेरौं कति सफल हुन्छु,’ भारतीय मिडियासँग शिल्पाले भनेकी छिन्।

प्रकाशित: Jan 24, 2022| 17:15 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।