मंगलबार, कात्तिक ३, २०८३

कोरोना प्रभाव : दुई युनिटमा बाँडिएर छायांकन हुँदै सौगात मल्लको ‘लाखे’

ठूला बजेटमा निर्माण हुने भनिएका फिल्महरु ‘एक्स ९’ र ‘सत्यम्’ अझै फ्लोरमा जान नसकिरहेका बेला ‘लाखे’ले भने दुई युनिटमा बाँडिएर भएपनि छायांकनलाई निरन्तरता दिएको हो। यो फिल्मको अहिले उपत्यकामा छायांकन भइरहेको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गर्न निर्देशन दिए पनि छायांकन भने रोकिएको छैन। चलचित्र विकास बोर्डले पनि स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाभन्दा भन्दा बढी भिड नगरी फिल्म छायांकन गर्न सकिने बताएपछि सौगात मल्ल स्टारर ‘लाखे’ को छायांकन अहिले पनि धमाधम भइरहेको छ। 

ठूला बजेटमा निर्माण हुने भनिएका फिल्महरु ‘एक्स ९’ र ‘सत्यम्’ अझै फ्लोरमा जान नसकिरहेका बेला ‘लाखे’ले भने दुई युनिटमा बाँडिएर भएपनि छायांकनलाई निरन्तरता दिएको हो। यो फिल्मको अहिले उपत्यकामा छायांकन भइरहेको छ। 

मल्टिस्टारर यो फिल्मको छायांकन गत पुसको अन्त्यबाट सुरु भएको थियो। निर्माण युनिटले भव्य शुभ–मर्हुतसहित फिल्म छायांकन गर्ने तयारी गरे पनि कोरोनाका कारण दुई युनिटमा बाँडिएर सुटुक्क छायांकन गरिरहेको फिल्मका निर्देशक सम्राट बस्नेतले बताए। 


टिम दुई युनिटमा बाँडिदा निर्देशकका हिसाबले आफूलाई काम गर्न भने सकस भएको उनले स्वीकारे। ‘यसरी दुई युनिटमा बाँडिएर एकैपटक दुईतिर फिल्मको छायांकन भएको सम्भवतः नेपालमा यो पहिलो हो। यसका लागि हामीलाई फिल्मका प्राविधिकदेखि अन्य सबै सहयोगी समेत दुई सेट चाहिने भएकाले निर्मातालाई थोरै आर्थिक भार थपिन जान्छ,’ निर्देशक बस्नेतले भने। 

फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले निर्माण युनिटको सुरक्षाको खातिर पनि आर्थिक भार व्यहोर्न तयार भएको बताए। ‘हामीले ५ करोड माथि बजेटमा फिल्म निर्माण गर्न लागेका हौं। दुई युनिट बनाएर गर्दा ५ को ठाउँमा ६ पुग्ला तर हामी तयार छौं। हाम्रो मुल चाहना सकुसल अवस्थामा फिल्मको छायांकन सकियोस् भन्ने हो,’ उनले भने। 

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा सौगात मल्लसँगै अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापालगायत थुप्रै कलाकारको अभिनय रहनेछ। 

निर्माण युनिटले फिल्म छायांकनको फोटो भने अहिले सार्वजनिक गरेको छैन। फिल्ममा रहेको कलाकारको लुक बाहिरिने डरले तस्बिर सार्वजनिक नगरेको बताइएको छ।

प्रकाशित: Jan 24, 2022| 17:20 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।