काठमाडौं- आज सन् २०२२ जनवरी २५। हामीले यहाँ विश्व इतिहासमा आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुको बारेमा उल्लेख गरेका छौं।
क्लाउडियस बने रोमन सम्राट
सन् ४१ को जनवरी २५ मा क्लाउडियसलाई रोमन सम्राट घोषणा गरिएको थियो। उनले पछि रोमन साम्राज्यलाई उत्तर अफ्रिकादेखि बेलायतसम्म विस्तार गरेका थिए। अहिलेको बेलायत तत्कालीन रोमन सम्राटको एक राज्य थियो। उनलाई सन् ५४ सम्म सम्राट बनेका थिए। उनको निधन १३ अक्टोबर सन् ५४ मा भएको थियो।
फिलिपिन्सको पहिलो महिला राष्ट्रपतिको जन्म
फिलिपिन्सको पहिलो महिला राष्ट्रपति कोराजोन अक्विनोको जन्म सन् १९९३ जनवरी २५ मा भएको थियो। उनी सन् १९८६ मा फिलिपिन्सको पहिलो राष्ट्रपति भएकी थिइन्। उनले सन् १९९२ मा पदबाट राजीनामा गरेकी थिइन्। उनको मृत्यु सन् २००९ अगस्त १ मा भएको थियो।
पहिलो इम्मी अवार्ड घोषणा
सन् १९४९ जनवरी २५ मा पहिलो इम्मी अवार्ड घोषणा गरिएको थियो। जसमा ६ वटा क्याटेगोरी राखिएको थियो। तत्कालीन समयमा लस एन्जलस क्षेत्रमा मात्रै यसको दायरा कायम गरिएको थियो।
साओ पाउलो सहरको स्थापना
सन् १५५४ जनवरी २५ मा जेसुइट मिसनरीहरुले साओ पाउलो सहरको स्थापना गरेका थिए। हाल ब्राजिलमा रहेको उक्त सहर सेन्ट पउलको सम्झनामा स्थापना गरिएको हो।