बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, निर्वाचनसम्बन्धी ऐन संशोधन मुख्य एजेन्डा!

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, निर्वाचनसम्बन्धी ऐन संशोधन मुख्य एजेन्डा!

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सोमबार दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सोमबार दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा स्थानीय तहको निर्वाचन सार्न स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने एजेन्डामा छलफल हुने सम्भावना रहेको बुझिएको छ।

आइतबार मात्रै पाँच दलीय गठबन्धनले कानून व्यवसायीसँग गरेको छलफलपछि संविधान र ऐनको व्यवस्था बाझिएकाले ऐन संशोधन गर्ने निर्णय गरेको थियो।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले ऐन संशोधनका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको छ। 

ऐन संशोधन गरेर फागुनमा तीनै तहको निर्वाचन एकैपटक गर्ने सत्ता गठबन्धन्को तयारी छ। 

प्रकाशित: Jan 24, 2022| 14:35 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...