बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्री यादवको दाबी- फेरि गौर नरसंहार दोहोर्‍याउँछु भनेको थिइनँ, अपव्याख्या गरियो

मन्त्री यादवको दाबी- फेरि गौर नरसंहार दोहोर्‍याउँछु भनेको थिइनँ, अपव्याख्या गरियो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले तारिकाले अपव्याख्या गरिएको आरोप लगाएकी छन्।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं-  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले तारिकाले अपव्याख्या गरिएको आरोप लगाएकी छन्। जनता समाजवादी पार्टीकी नेतृसमेत रहेकी मन्त्री यादवले सोमबार विज्ञप्ति जाारी गर्दै यस्तो आरोप लगाएकी हुन्। 

आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र उत्तेजित पार्न नभएको उनको दाबी छ। ‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु,' मन्त्री यादवले दाबी गरेकी छन्, 'उक्त वक्तव्यलाई अतिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछ। मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु। साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु। अगामी दिनमा यसप्रति सचेत रहनेछ।’

रौतहटको गौरमा माघ ५ गते ‘बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले गौर काण्ड दोहोर्‍यार जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएकी थिइन्। यसपछि उनको चौतर्फीं विरोध भइरहेको छ। यादबलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरिएको उल्टै आरोप लगाएकी छन्। 

‘हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ मन्त्री यादवको विज्ञप्तिमा उल्लेख छ।

७ चैत २०६३ मा तत्कालीन नेकपा माओवादी र मधेशी जनअधिकार फोरमले गौरको राइसमिलमा कार्यक्रम आयोजना गर्दा भएको झडपमा २८ जना मारिएका थिए। सिके राउत नसच्चिए सोही घटना दोहोर्‍याउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको चौतर्फी विरोध भइरहेको र राजीनामा समेत माग भइरहेका बेला मन्त्री यादवले भने आफ्नो बचाउ गरिरेहेकी छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री यादव हटाउन दबाब परिरहेको छ। तर देउवाले यो विषयमा कुनै पनि धारणा सार्वजनिक गरेका छैनन्। 

प्रकाशित: Jan 24, 2022| 14:07 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...