ललितपुर- ललितपुर महानगरपालिकाले सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ। कर्मचारीमा कोरोना संक्रमण हुन थालेपछि महानगरले अत्यावश्यबाहेकका सेवा बन्द गरेको हो।
महानगरले जारी गरेको विज्ञप्तिमा संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको उल्लेख छ। कर्मचारहरू नै संक्रमित हुँदा सेवाग्राही पनि जोखिममा हुने भएकाले सेवा बन्द गर्नु परेको महानगरको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबारसम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएको हो।
अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर प्रहरी भने सञ्चालनमा रहनेछन्।