आइतबार, साउन ३१, २०८३

माछापुच्छ्रेमा अत्यावश्यबाहेकका सेवा स्थगन

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि आजदेखि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि आजदेखि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको छ। 

गाउँपालिकाले एक सूचना जारी गरी कोरोनाको सम्भावित जोखिम न्यूनीकरण र गर्न गाउँपालिकाबाट प्रवाह हुने सेवा माघ १० गतेदेखि १४ गतेसम्म नियमितरुपमा प्रवाह नहुने जनाएको छ।

स्वास्थ्यसँग सम्बन्धित र आन्तरिक कामबाहेक अन्य जनसम्पर्कका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिए। उनले भने, 'अत्यावश्यक काम सीमित कर्मचारीबाट पनि सुचारु गर्नेछौं। त्यसबाहेक गाउँपालिकाबाट प्रवाह गरिने अन्य सेवा बन्द गरिएको छ।'

गाउँपालिकाले समुदायस्तरमा समेत सङ्क्रमण फैलिएको र जोखिम उच्च रहेकाले गाउँपालिकावासीलाई सरकारबाट जारी गरिएको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न र घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न अपिल गरेको छ। 

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडीसहित तीन जना जनप्रतिनिधि, स्वास्थ्यकर्मी नौ जना  र तीन जना कर्मचारी संक्रमित भएको जानकारी दिए। गाउँपालिकामा हाल सक्रिय संक्रमितको संख्या २६ जना रहेको बताइन्छ। 

प्रकाशित: Jan 24, 2022| 10:10 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।