मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १: ५ सदस्य मन्त्रिमण्डल ११  सदस्य पुर्‍याउने तयारी

प्रदेश १: ५ सदस्य मन्त्रिमण्डल ११  सदस्य पुर्‍याउने तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः प्रदेश नम्बर एकको सरकारले मन्त्रिपरिषद विस्तारको तयारी गरेको छ। ५ सदस्य मन्त्रिपरिषद रहेको प्रदेश एकले सरकारको आवश्यकता हेरेर चाँडै मन्त्रिपरिषद विस्तार गर्ने सरकारका प्रवक्ता हिक्मत कार्कीले नेपाल समयलाइ जानकारी दिए।
 
आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका कार्कीले संविधानको क्षेत्राधिकार भित्रमात्र रहेर प्रदेश एक सरकारले मन्त्रिपरिषद विस्तार गर्ने बताए। सरकारमा मन्त्री थप्नेबारे आवश्यकता बोध भएको र सोहिअनुसार गृहकार्य पनि अघि बढेको भन्दै केहि दिन मन्त्रीको संख्या वृद्धि हुने निश्चित भएको जानकारी दिएका हुन्। उनले कहिले र कति मन्त्री थपिदैछन् भन्ने बारे जानकारी दिएनन। 

तर प्रदेश एकमा ११ सदस्य मन्त्रीमण्डलको विस्तार हुने तयारी अन्तिम चरणमा पुगेको मुख्यमन्त्री शेरधनराइ निकट नेकपाका एक प्रभावशाली प्रदेश नेताले जानकारी दिएका छन्।
  
हाल प्रदेश एकमा मुख्यमन्त्री शेरधन राई सहित आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्की, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेत, सामाजीक विकास मन्त्री जीवन घिमिरे र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) रहेका छन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।