धनगढी- कैलालीको गोदावरी नगरपालिकामा एक जनाले श्रीमतीको हत्या गरेका छन्। गोदावरी-९ बल्मीका परशुराम रोक्का मगरले आइतबार बेलुकी श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन्।
श्रीमतीको हत्या गरी रोक्का फरार भएको प्रहरीले जनाएको छ। घरायसी विवादका क्रमका रोकामगरले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी नवराज पोख्रेलले बताए।
उनले फरार भएका रोक्काको खोजी कार्य जारी रहेको जनाएका छन्।