बुधबार, भदौ ३, २०८३

प्रचण्डले बोलाए केन्द्रीय कमिटी बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ २७ गतेदेखि सुरु हुने गरी केन्द्रीय समिति बैठक बोलाएका छन्।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ २७ गतेदेखि सुरु हुने गरी केन्द्रीय समिति बैठक बोलाएका छन्। 

शुक्रबार सातै प्रदेश कमिटीलाई परिपत्र गर्दै उनले माघ २७ देखि काठमाडौंमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन्। कोरोना महामारीलाई ध्यानमा राख्दै माघ २७ गतेबाट बैठक बोलाइएको बताइएको छ।

बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी समिति गठन र बाँकी पदाधिकारीको निर्वाचन गर्ने अध्यक्ष प्रचण्डले जनाएका छन्।

कोरोना संक्रमण बढे वा भौतिक रुपमा बैठक गर्न सम्भव नभए भर्चुअलबाटै भए पनि बैठक बस्ने माओवादीले जनाएको छ।

प्रकाशित: Jan 24, 2022| 06:35 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...