आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकाको सात ट्राफिक कार्यालयबाट मेसिनमार्फत जरिवना तिर्न सकिने

उपत्यकाको सात ट्राफिक कार्यालयबाट मेसिनमार्फत जरिवना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउनका लागि उपत्यकाका सात ट्राफिक कार्यालयबाट जरिवना तिर्ने गरी सेवा विस्तार गरेको हो।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं- काठमाडौं उपत्यकाको विभिन्न सात ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवना तिर्न सकिने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउनका लागि उपत्यकाका सात ट्राफिक कार्यालयबाट जरिवना तिर्ने गरी सेवा विस्तार गरेको हो। 

महाशाखाले महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, गट्ठाघर, थापाथली,  मालीगाउँ र दरबारमार्गमा सेवा विस्तार गरेको हो। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लङ्घन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने गरी सेवा विस्तार गरिएको जानकारी दिए। उनले ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी प्रयोगकर्ताले जरिवाना तिरी आफ्नो कागजपत्रहरू फिर्ता लिन सरल एवम् सहज होस् भन्ने उद्देश्यले विभिन्न कार्यालयमा सेवा विस्तार गरेको बताए।

प्रभु पेका अध्यक्ष कुसुम लामाले ‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गएर लाइन बस्नुपर्ने झन्झट नहुने बताउनुभयो। ट्राफिक प्रहरीले यसअघि महाशाखामा उक्त सेवा लागु गरिसकेको छ।

प्रकाशित: Jan 23, 2022| 22:35 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।