शनिबार, मंसिर १३, २०८२

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन्। स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

दमौली- कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन्। स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो। 

National life

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए। 

गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत कोभिडबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार रु ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराइनेछ। 

जिल्लाका दसवटै पालिकामार्फत कोभिडबाट मृत्यु हुनेको विवरण माग गरिएको अधिकारीले बताए। 'अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारले मात्र आर्थिक सहायता पाउनेछन्, होम आइसोलेसनमा मृत्यु भएकाले रकम पाउँदैनन्,' उनले भने, 'सबै पालिकाबाट विवरण प्राप्त भएपछि रकम निकासा गर्छौं।'

आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेस गर्नुपर्ने प्रावधान छ।

Laxmi sunrise bank
kumari

तनहुँमा कोभिड–१९ बाट १५६ जनाको मृत्यु भएको तथ्याङ्क छ। त्यसमध्ये महिला ६१ र पुरुष ९५ छन्। दोस्रो लहरको कोरोना सुरु भएपछि वैशाखयता मात्रै १२९ जनाको मृत्यु भएको थियो। भानुका नौ, व्यासका ४५, शुक्लागण्डकीका ५४, भिमादका २४, म्याग्देका १०, घिरिङका ६, ऋषिङका एक, देवघाटका एक, बन्दिपुरका तीन र आँबुखैरेनीका तीनजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

प्रकाशित: Jan 24, 2022| 00:00 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।