शनिबार, मंसिर १३, २०८२

बन्जी खेल्न खोप कार्ड अनिवार्य

कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) सङ्क्रमण बढेपछि बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो बन्जी जम्प खेल्नका लागि खोप कार्ड अनिवार्य गरिएको हो।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

बागलुङ- कोरोना सङ्क्रमण बढ्दै गएपछि साहसिक खेलको गन्तव्य बन्दै आएको बलेवा कुस्मा बन्जी खेलका लागि खोप कार्ड चाहिने भएको छ। कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) सङ्क्रमण बढेपछि बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो बन्जी जम्प खेल्नका लागि खोप कार्ड अनिवार्य गरिएको हो। 

National life

कोरोनाकालमै गत वर्षदेखि सञ्चालनमा आएको बन्जी जम्पमा केही समय अगाडिसम्म दैनिक सयौँ पर्यटकहरु बन्जी जम्प गर्न र घुम्न आउने गर्थे भने अहिले दैनिक एक दर्जन पुग्न पनि गाह्रो भइरहेको छ। द क्लिफ प्रालिको झन्डै रु २८ करोड लगानीमा सञ्चालनमा आएको बन्जीसँगै स्विङ र जिपलाइन पनि प्रभावित बनेको छ।  

दोस्रो चरणको सङ्क्रमणपछि बन्जीमा पर्यटकहरुको आकर्षण बढेको र व्यवसाय पनि रामै्र सञ्चालन भए पनि तेस्रो चरणको सङ्क्रमणका कारण पुनः समस्यामा परेको बन्जी जम्प सञ्चालन गर्दै आएको द क्लिफ प्रालिका सञ्चालक राजु कार्कीले जानकारी दिए।

उनले बन्जी, स्विङ र जिपलाइनका लागि अनिवार्य खोप कार्ड चाहिने बताउनुभयो। वारपार गर्नका लागि भने कार्ड अनिवार्य छैन। आफूहरुले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइ गरेको भन्दै कार्कीले बन्जी खेल्न खोप कार्ड चाहिने र पुलमा प्रवेश गर्नुअघि ज्वरो नाप्ने र स्यानिटाइजिङ गर्ने गरेको बताए। 

कार्कीले कोरोनाका कारण आफूहरु ठूलो मारमा परेको बताए। बन्जी जम्प झन्डै पाँच वर्षको अवधिमा निर्माण सम्पन्न भएको थियो। सञ्चालनमा आएपछि सङ्क्रमणका कारण एक वर्ष पनि सहजरूपमा सञ्चालन गर्न नसकेको कार्कीको भनाइ छ। 

Laxmi sunrise bank
kumari

उनले हाल स्काई साइक्लिङ र जिपलाइनसमेत सञ्चालनमा आएको भन्दै सङ्क्रमणका कारण प्रभावित भएको बताए। बन्जी जम्प सञ्चालनमा आएपछि बागलुङको बलेवा र पर्वतको कुश्मामा होटेल व्यवसायसमेत फस्टाउँदै आएको छ। कोरोनाको त्रासले विस्तारै पर्यटकहरु घट्दै गएका छन्।


प्रकाशित: Jan 23, 2022| 21:10 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।