मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मदर टेरेसाको संस्थामाथि बच्चा बेचेको आरोप,  अनुसन्धान हुँदै 

मदर टेरेसाको संस्थामाथि बच्चा बेचेको आरोप,  अनुसन्धान हुँदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बच्चाहरु बेचेको आरोप लागेपछि भारतमा मदर टेरेसाले स्थापना गरेको संस्थामाथि छानबिन शुरु गरिएको छ।

भारत सरकारले टेरेसाको परोपकारी संस्थाका केन्द्रहरुको निरिक्षण गर्न अधिकारीहरुलाई आदेश दिएको छ। पुर्वी भारतको झारखण्ड राज्यमा बच्चा बेचेको आरोपमा एक जना नन र च्यारिटीकी अर्की महिला कर्मचारी पक्राउ परेपछि सो आदेश दिईएको हो।

टेरेसाको च्यारीटी संस्थाले सो घटनाबारे प्रकाशित समाचारलाई आश्चर्यजनक भन्दै घटनाबारे आफुले पनि अनुसन्धान शुरु गरेको जनाएको छ। सन २०१५ मा सम्बन्धित कानुनमा कडाइ गरिएपछि भारतमा अवैधानिक धर्मपुत्र—धर्मपुत्री उपलब्ध गराउने व्यापार मौलाएको बताइन्छ।

मंगलबार भारतको महिला तथा बालकल्याण विभागले एउटा विज्ञप्ति जारी गर्दै सबै राज्यलाइ मिशनरी अफ च्यारिटीद्धारा सञ्चालित बालसेवा गृहहरुको तत्काल निरीक्षण गर्न निर्देशन दिइएको जनाएको छ।

झारखण्डको बालकल्याण समितिले अविवाहित गर्भवती महिलाहरुका लागी स्थापित एउटा केन्द्रबाट एउटा शिशु हराएको उजुरी हालेपछि प्रहरीले जुन ५ मा दुईजनालाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार सो शिशु अस्पतालमा आमाको खर्च बेहोरि दिने दम्पतीलाई बेचिएको थियो ।च्यारीटीले सो घटना आफ्नो मुल्य मान्यताविरुद्ध भएको बताएको छ ।
मिशनरिज अफ च्यारिटीकी सुनीता कुमारले भनिन्, ‘यदि भएको हो भने फेरि त्यस्तो नहोस  भनेर हामी आवश्यक सावधानी अपनाउनेछौ।’

नोेबेल शान्ती पुरस्कार विजेता मदर टेरेसाले सन १९५० मा सो संस्था स्थापना गरेकी थिएन। कोलकोत्तामा  मुख्यालय भएको सो संस्थाले सेवाश्रम , विद्यालय, भान्छा तथा बच्चाहरुलाई घर र कुष्टरोगीहरुलाई आवास सञ्चालन गर्दै आएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।