आइतबार, साउन ३१, २०८३

इतिहासमा आज : विश्‍वभर कहाँ के भयो?

आज सन् २०२२ जनवरी २४। हामीले यहाँ विश्‍वभर आज दिन भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्ने गरेका छौं।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- आज सन् २०२२ जनवरी २४। हामीले यहाँ विश्‍वभर आज दिन भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्ने गरेका छौं। 

मंगल ग्रहमा रोभर ल्यान्ड 

सन् २००३ मा पठाइएको ६ पांग्रे रोबोटिक रोभर सन् २००४ जनवरी २४ मा ल्यान्ड भएको थियो। मंगल ग्रहको सतहको भौतिक तथा रासायनिक अवस्थाबारे खोजी गर्नका लागि उक्त रोभर पठाइएको थियो। 

विन्सटन चर्चिलको निधन 

संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिलको निधन सन् १९६५ जनवरी २४ मा भएको थियो। सन् १९४० देखि ४५ सम्म र सन् १९५१ देखि ५५ सम्म उनी बेलायतको प्रधानमन्त्री भएका थिए। उनको जन्म सन् १८७४ नोभेम्बर ३० मा इङ्ल्यान्डको ब्लेनहिम प्यालेसमा भएको थियो। 

अमेरिकी सिरियल किलरलाई मृत्युदण्डको सजाय 

अमेरिकी सिरियल किलर टेड बन्डीलाई सन् १९८९ जनवरी २४ मा मृत्युदण्डको सजाय सुनाइएको थियो। उनले ३० जना महिलाको हत्या गरेको स्वीकार गरेका थिए। तर, उनले ३० भन्दा बढीको हत्या गरेको बताइएको छ। उनलाई ४२ वर्षको उमेरमा मृत्युदण्ड दिइएको हो। 

चीनमा भूकम्प

सन् १५५६ जनवरी २४ मा मा चीनमा शक्तिशाली भूकम्प गएको थियो। उक्त भूकम्पमा आठ लाख ३० हजार मानिसको मृत्यु भएको थियो। 

स्टिभले सुरु गरे म्याकिनटोस कम्युटर 

स्टिभ जभ्सले सन् १९८४  जनवरी २४ मा एप्पलको म्याकिनटोस सुरु गरेका थिए। 

प्रकाशित: Jan 24, 2022| 05:30 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।