बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन तयारीका लागि १२० दिन चाहिन्छ, सरकारले चाँडै मिति घोषणा गरिदेओस् : आयोग

निर्वाचन तयारीका लागि १२० दिन चाहिन्छ, सरकारले चाँडै मिति घोषणा गरिदेओस् : आयोग

निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनुपर्ने जिम्मेवारी सरकारको भएको बताएको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं– निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनुपर्ने जिम्मेवारी सरकारको भएको बताएको छ।

स्थानीय तहको पदावधि सकिँदै गएकोले आगामी जेठ पाँच गतेभन्दा अगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले स्पष्ट पारेको हो।

आयोगका सचिव कोमलप्रसाद धमलाले स्थानीय तहको निर्वाचन सम्बन्धी ऐनले दफा ३ र दफा ५५ ले तोकेअनुसार जस्तो यो ऐन प्रारम्भ भएपछि सम्पन्न हुने पहिलो निर्वाचनको हकमा निर्वाचन मिति तोकिएको सातौँ दिन निर्वाचित भएको सदस्य निर्वाचित भएको मानिने बताए। २०७४ जेठ ३० गते निर्वाचन भएको आधारबाट हेर्दा जेठको ५ गते राति १२ बजेबाट अहिलेको पदावधि सकिने उल्लेख उनले गरे।

धमलाले निर्वाचन भनेको राजनीतिक र कानुनी विषय भएकोले निर्वाचनको तयारीका लागि १२० दिनको समय रहेकोले सरकारले चाँडै निर्वाचनको मिति तोकिदिएमा सबै किसिमबाट तयारीमा जुट्न सजिलो हुने र तयारी राम्रोसँग गर्न सकिने बताए। उनले स्थानीय तहको पदावधिको समय सकिँदै गएको र त्यसलाई लम्ब्याउने र छोट्याउने प्रावधान कानुनले नदिएकोले संविधानले तोकेको समयावधिमा नै निर्वाचन गराउनुपर्ने बताए।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन र पदावधी सम्बन्धी सबै जानकारी सम्पूर्ण राजनीतिक दलहरुलाई औपचारिक रुपमा गराइसकेको बताएको छ।

प्रकाशित: Jan 23, 2022| 14:45 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...