काठमाडौं- नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले चोरीका समान सहित भक्तपुर चाँगुनारायण नगरपालीका ७ का पशुपती रिमाललाई पक्राउ गरेको छ।
रिमालले जेष्ठ १५ गते मध्यपुर ठिमी नगरपालीका ६ भगवतीमार्ग स्थित नविन बुढाथोकीको घरबाट सुनका गहना ५ तोला, चाँदीका सामान तथा तीन थान मोवाईल चोरी गरेर फरार भएका थिए।
अपराध महाशाखा तथा ठिमी प्रहरीको संयुक्त टोलीले सोमबार ठिमीबाट पक्राउ गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४