बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रेणुको जोगाउमा जसपाको विज्ञप्ति, 'सिके राउतका नेता-कार्यकर्ताको गतिविधि अपराधिक'

रेणुको जोगाउमा जसपाको विज्ञप्ति, 'सिके राउतका नेता-कार्यकर्ताको गतिविधि अपराधिक'

जनता समाजवादी पार्टी (जसपा) ले एक विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएकी रेणुकुमारी यादवको जोगाउ गरेको छ। जसपाले विज्ञप्तिमा मन्त्री यादवले दिएको अभिव्यक्तिबारे कुनै केही उल्लेख गरिएको छैन।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले एक विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएकी रेणुकुमारी यादवको जोगाउ गरेको छ। जसपाले विज्ञप्तिमा मन्त्री यादवले दिएको अभिव्यक्तिबारे कुनै केही उल्लेख गरिएको छैन। 

गत बुधबार मन्त्री यादवले गौर पुगेर १५ वर्षअघिको जस्तै ‘गौर काण्ड’ दोहोर्‍याउने धम्की दिएकी थिइन्। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तातर्फ लक्षित भाषणमा उनले भनेकी थिइन्, ‘तुफानसँग नटकराउनुस्। नत्र तपाईंको पनि त्यही हालत हुन्छ, जुन राइस मिलमा भएको थियो।’

२०६३ चैतमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले माओवादीका २७ कार्यकर्ताको विभत्स हत्या गरेका थिए। मन्त्री यादवको अभिव्यक्ति सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ। राजीनामा र कारबाहीको माग पनि भइरहेको छ।

तर, जसपाले जारी गरेको विज्ञप्तिमा भने जनमत पार्टीप्रति भर्त्सना गरिएको छ। ‘मन्त्री रेणुकुमारी यादवको प्रमुख आतिथ्यमा समाजवादी युवा संघ, नेपालको आयोजनामा रौतहटमा आयोजित ‘बलिदानी दिवस’को कार्यक्रमलाई जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु सुनियोजित ढंगबाट लाठी, भाटा, ढुंगा आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम विथोल्ने, आतंक मच्याउने र हिंसा भड्काउने जस्ता गैर राजनीतिक एवं आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त पार्टीद्वारा गराइएका यस्ता उद्दण्ड, गैर राजनीतिक, उच्छृंखल, अभद्र, अशोभनीय र आपराधिक कार्यको जसपा, नेपाल घोर विरोध एवम् भर्त्सना गर्दछ।’

जसपाको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उपरान्त नगर्न समेत विज्ञप्तिमा सचेत गराइएको छ। ‘यस्ता आपराधिक एवं गैरराजनीतिक, अराजक, गैरकानुनी, असामाजिक तथा अमर्यादित क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल सरकारसँग आग्रह गरिन्छ‘, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Jan 22, 2022| 19:16 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...