मंगलबार, वैशाख ९, २०८२

आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव

जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आईसीयू शय्या ल्याइएको हो।
 |  शनिबार, माघ ८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

vianetvianet

बझाङ- जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आईसीयू शय्या ल्याइएको हो। 

triton college

गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको छ। कोरोना महामारीको दोस्रो भरियन्टको बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त शय्या सञ्चालनमा ल्याउन नसकिएको हो।

कोरोना महामारीको दोस्रो भेयिन्ट फैलिएका बेला बझाङमा झण्डै एक हजार ६०० भन्दा बढी सङ्क्रमित भएका थिए भने २१ जनाले उपचार अभावमा ज्यान गुमाएका थिए। श्वासप्रश्वासमा समस्या भएका जटिल सङ्क्रमितलाई डडेल्धुरा तथा कैलाली सिफारिस गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमै मृत्यु हुने गरेको थियो। जिल्लामा भेन्टिलेटरसहितको आईसीयू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए।

यता जिल्ला अस्पताल बझाङका डा मिलन खड्काका अनुसार अहिले उक्त दुईवटा भेन्टिलेटरसहित आठ आईसीयू शय्या जडानकार्य सम्पन्न भएको छ। पुसको पहिलो सातामात्रै उक्त जडान कार्य गरिएको डा खड्काले बताए। जनशक्ति अभावकै कारण लामो समयसम्म उक्त सेवा सञ्चालन गर्न नकिएको बताउँदै अहिले दुई जनालाई भेन्टिलेटरसहितको आईसीयू शय्या सञ्चालनका लागि तालिम दिइएपछि सञ्चालन गर्न सकिने भनाइ छ।

अहिले जिल्ला अस्पताल बझाङमा रहेको भेन्टिलेटरसहितको आईसीयू शय्या सञ्चालनका लागि डा खड्का र नर्स साधना खड्कालाई तालिम दिएको जिल्ला अस्पतालका प्रमुख अनवेश कोइरालाले बताउनुभयो। आगामी दिनमा जटिल तथा आईसीयूमा राख्नुपर्ने बिरामी भर्ना भएको खण्डमा पनि जिल्लामै उपचार गर्न सकिने डा कोइरालाले बताए।

National life insurance

प्रकाशित: Jan 22, 2022| 20:00 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।