मंगलबार, पुस १, २०८२

रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा

रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा परेको छ। होलेरी बजार क्षेत्रस्थित विद्यालय र मन्दिरका नामका जग्गाका साथै सामुदायिक वन क्षेत्र तथा ऐलानी जग्गासमेत अतिक्रमण गरी घरटहरा बनेका छन्।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

रोल्पा- रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा परेको छ। होलेरी बजार क्षेत्रस्थित विद्यालय र मन्दिरका नामका जग्गाका साथै सामुदायिक वन क्षेत्र तथा ऐलानी जग्गासमेत अतिक्रमण गरी घरटहरा बनेका छन्।

National life

बजार क्षेत्रको ऐलानी जग्गासमेत अतिक्रमण भएका छन्। होलेरीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको स्वामित्वको जग्गामा ठूलठूला भवन र टहरा बनेको स्थानीयवासी नन्दराम खड्काले जानकारी दिए। मन्दिरको जग्गामा ग्यारेज तथा सामुदायिक वन र ऐलानी जग्गामा घरटहरा बनेको खड्काले बताए। 

नेपाली कांग्रेस, नेकपा (एमाले) र (माओवादी केन्द्र)का स्थानीयस्तरका उच्च राजनीतिक हैसियत भएका नेताहरु नै ऐलानी जग्गामा घरटहरा बनाएको खड्को भनाइ छ। अतिक्रमण हटाउन स्थानीय सरकारले पहल गरे पनि सार्थक हुन नसकेको स्थानीयवासीको भनाइ छ। 

'बजार क्षेत्रको गुरुयोजना बनाएर अगाडि बढ्ने सहमति भए पनि हालसम्म कार्यान्वयन भएको छैन,' उनले भने। स्थानीय सरकारले विभिन्न कार्यक्रममा लाखौँ बजेट खर्च गरे तापनि केही गर्न नसकेको गुनासो गरे। 

'सर्वपक्षीय बैठकको आयोजना गरेर समस्या हल गर्ने प्रयास गरेका छौं,' रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने। सो ठाउँमा तीन-चार थरीका जग्गा भएको  पाइएकाले नापी कार्यालयको प्राविधिक सहयोगमा जग्गा छुट्याउने काम भइरहेको उनले बताए। 

Laxmi sunrise bank
kumari

वन क्षेत्र, मन्दिर, सडक, सार्वजनिक जग्गा सबै भएको हुँदा भूमि व्यवस्थापन आयोगको प्रक्रियाबाटै  टुङ्ग्याइने अध्यक्ष बुढाको भनाइ छ। उनले भने, 'पन्ध्र दिनभित्र अतिक्रमित जग्गा छोड्न भनिएको छ, नछोडे कानूनी प्रक्रिया अगाडि बढ्छ।' 

स्वर्गद्वारीको प्रवेशद्वारका साथै स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रुन्टीदेखि नजिकको दूरीमा रहेकाले होलेरीमा दैनिक हजारौँ तीर्थयात्री आवतजावत गर्दछन्। दक्षिण रोल्पाको महत्वपूर्ण व्यापारिक नाकासमेत रहेको होलेरी १० वर्षे सशस्त्र जनयुद्ध घोषणा गर्दा तत्कालीन विद्रोही नेकपा माओवादीले पहिलोपटक प्रहरीमाथि आक्रमण गरेको ठाउँ हो। धार्मिक, युद्ध र पर्या–पर्यटनका रुपमा विकास हुँदै गरेको होलेरी बजार क्षेत्रको अतिक्रमणले स्थानीयवासी चिन्तित भएका छन्।

प्रकाशित: Jan 22, 2022| 20:40 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।