बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • पुल निर्माण २ वर्षमा सक्ने सम्झौता भए पनि ७ वर्षमा ७० प्रतिशतमात्रै काम

पुल निर्माण २ वर्षमा सक्ने सम्झौता भए पनि ७ वर्षमा ७० प्रतिशतमात्रै काम

मोरङको कानेपोखरी–२ (दर्बेसा र केराउन जोड्ने) स्थित गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

विराटनगर - मोरङको कानेपोखरी–२ (दर्बेसा र केराउन जोड्ने) स्थित गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ। 

National life

गेउरिया खोलाको पुल निर्माण दुई वर्षमा सम्पन्न गर्नेगरी २०७१ साल कात्तिकमा सम्झौता भएको थियो। अहिलेसम्म पुल सम्पन्न भएको छैन। हाल ७० प्रतिशत काम भएपछि निर्माण कम्पनीले विना कारण काम रोकेको छ।

निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने माग गर्दै निवेदन दिनेमा कानेपोखरीका राजेन्द्रकुमार मण्डल र अर्जुन आचार्य रहेका छन्। 'दुई वर्षभित्र सक्नेगरी सम्झौता भए पनि सात वर्ष बितिसक्दा पुल निर्माण हुन सकेको छैन। पुल नहुँदा उक्त ठाउँमा सर्वसाधारण जनतालाई आवतजावतमा समस्या छ,' जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा उल्लेख छ, 'गत बुधबार राति आगो निभाउन हिँडेको दमकल खोला तर्ने क्रममा त्यहीँ पल्टिएको थियो। सो स्थानमा यसखालका सवारी साधन पल्टिने, दुर्घटना हुनेक्रम लामो समयदेखि निरन्तर जारी छ। यसको सम्पूर्ण कारण भनेको पुल नहुनु नै हो।'

पुल निर्माण गर्ने सम्झौता गरेर पुल निर्माण नगर्दा भइरहेको क्षतिको जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने बताउँदै निवेदक मण्डलले पुल निर्माणमा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए। 'आवश्यक छानविन गरी दोषीउपर कारबाही गर्न तथा छिटोभन्दा छिटो पुल निर्माणका लागि पहल गरिदिन हामीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हौं,' उनले भने।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले निर्माण कम्पनीका सञ्चालक सराजुद्धिन अन्सारीलाई बोलाएर जवाफ माग गर्ने बताए। 'हामीले जिल्ला प्रशासन कार्यालयमा यस विषयमा छलफल गरेका छौँ,' सहायक प्रजिअ तिम्सिनाले भने, 'कानूनअनुसार सरकारले प्रक्रिया अगाडि बढाउँछ, त्यहाँ पुल नहुँदा समस्या छ, म पनि त्यस ठाउँबाट ओहोरदोहोर गरेको छु।'

Shivam cement

पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवतजावत सहज बनाउन निर्माण कम्पनीलाई तुरुन्त निर्देशन दिइने सहयाक प्रजिअ तिम्सिनाको भनाइ छ।

पुल निर्माणको लागि भुटाहा सुनसरीको फ्युचर र सराउद्दिन निर्माण सेवाले संयुक्तरुपमा ठेक्का पाएका थिए। रु एक करोड १८ लाखमा पुल निर्माणको सम्झौता भएर रु ५७ लाख  भुक्तानी पनि लगिसकेको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीअन्तर्गतको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ। 

निर्माण कम्पनीका सञ्चालक सराजुद्दिन अन्सारीलाई पटकपटक ताकेदा गर्दा पनि काम नभएको सडक डिभिजन कार्यालयको भनाइ छ। 'विश्वास गर्नै गाह्रो भइसक्यो, दसैँ अगाडिदेखि नै काम गर्नभन्दा पनि दसैँपछि, तिहारपछि, छठपछि, एक हप्तापछि भन्दै ढाँट्दै आएको छ,' सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इञ्जिनीयर सुदर्शन कार्कीले भने। 'हामीले आजमात्रै कार्यालयमा बोलाएर कारबाहीको चेतावनी दिएका छौँ,' उनले भने, 'निर्माण कम्पनीले आउँदो आइतबार, सोमबारदेखि काम गर्छु भन्नुभएको छ।'

यता, निर्माण कम्पनीका सञ्चालक अन्सारीले आफूले पुल निर्माणका लागि रु अढाइ करोड खर्च गरिसकेको बताए। पुल ढिलो निर्माण हुनुमा बेस निर्माण गर्ने क्रममा अत्याधिक पानी रहेको कारण खर्च बढेको स्पष्ट पारे। यद्यपि आफूले काम सम्पन्न गर्ने उनले बताए। उनले भने, 'दुई चार दिनपछि म काम सुरु गर्छु,  अहिले बिरामी छु ।'

पछिल्लो समयमा विकास निर्माणमा जुटिने निर्माण कम्पनीले पहिलो चरणको रकम भुक्तानी पाएपछि काममा आलटाल गर्ने, ढिलो गर्ने समस्या मोरङमा व्यापक रहेको जनगुनासो सुन्न पाइन्छ।

निर्माण कार्यमा लापरवाही गर्ने निर्माण कम्पनीका विषयमा निकै चर्चा हुन थालेपछि प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले त्यस्ता निर्माण कम्पनीलाई कारवाही गर्छु र निर्माण कार्य सम्पन्न गराउँछु भनेर जनतालाई आवश्वासन पनि दिइरहेका छन्। 

प्रकाशित: Jan 22, 2022| 20:25 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।