मंगलबार, पुस १, २०८२

‘तपाईँको मास्क खोई?’ अभियान पुनः सञ्चालन

सुर्खेतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि ‘तपाईँको मास्क खोई ?’ अभियान पुनः सञ्चालन गरिएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आयोजनामा शनिबारदेखि वीरेन्द्रनगरमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

सुर्खेत- सुर्खेतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि ‘तपाईँको मास्क खोई ?’ अभियान पुनः सञ्चालन गरिएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आयोजनामा शनिबारदेखि वीरेन्द्रनगरमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो।

National life

मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा सञ्चालन भएको अभियानले बसपार्क क्षेत्र, मङ्गलगढी चोक, मुख्य बजार क्षेत्रमा मास्क वितरण गर्‍यो। मास्क नलगाई घर बाहिर निस्केका नागरिकलाई मास्क वितरण गर्नुका साथै कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरिएको थियो। 

कोरोना भाइरसको दोस्रो लहरमा पनि मास्क वितरण अभियान सञ्चालन भएको तर विस्तारै कोरोनाको जोखिम कम हुँदै गएपछि सेलाएको यो अभियान जिल्ला प्रशासन कार्यालयको अगुवाइमा पुनः सञ्चालन गरिएको हो।

मुख्यमन्त्री शाहीले कोरोनाका बढ्दो सङ्क्रमणलाई नियन्त्रण गर्न प्रत्येक नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए। 'कम्तीमा घरबाहिर निस्किँदा सबैले अनिवार्य मास्क लगाउने हो भने सङ्क्रमण फैलावट रोक्न धेरै मद्दत पुग्दछ,' उनले भने, 'सानो लापरवाहीले आफू र परिवारमात्र नभई सिङ्गो समाज सङ्क्रमित हुने अवस्था निम्तिन सक्छ, त्यसैले कम्तीमा मास्कको प्रयोग गरौँ, अनावश्यक भीडभाड नगरौँ।'

मुख्यमन्त्री शाहीले संघीय सरकारको सहयोगमा प्रदेश सरकारले खोप अभियानलाई सञ्चालन गरिरहेकाले आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन आग्रह गरे। 

Laxmi sunrise bank
kumari

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक खगेन्द्रप्रसाद रिजालले कोरोनाको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन जरुरी रहेको बताए। अनुगमनका क्रममा अधिकांश नागरिक मास्कबिनै हिँडडुल गरिरहेको पाइएपछि जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा जनचेतनामूलक अभियानअन्तर्गत मास्क वितरण गरिएको उनको भनाइ थियो।

प्रमुख जिल्ला अधिकारी रिजालले आइतबारदेखि मास्क नलगाई हिँडडुल गर्नेलाई भने कारबाही पनि गरिने बताए। सुर्खेतमा हाल ५९६ जना कोरोनाका सक्रिय सङ्क्रमित छन्। शुक्रबारमात्रै सुर्खेतमा २१५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

प्रकाशित: Jan 23, 2022| 00:10 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।