मंगलबार, असार ३०, २०८३

१५ साउनदेखि कांग्रेस आन्दोलनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसले सरकार अधिनायकवादी र जनविरोधी क्रियाकलापमा सक्रिय भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध आगामी १५ साउनदेखि सडक आन्दोलनमा उत्रने घोषणा गरेको
छ। 

कांग्रेसले सरकार अधिनायकवादको बाटोमा अगाडि बढेको निष्कर्ष निकाल्दै आन्दोलनमा जाने निर्णय गरेको हो। कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले विज्ञप्ती जारी गर्दै १५ साउनदेखि प्रत्येक जिल्लाका सदरमुकाममा विरोध प्रदर्शन गर्न जिल्ला समितिलाई निर्देशन गरेका छन्। 

महामन्त्री कोइरालाले सबै जिल्लाका भातृ एवम् शुभेच्छुक संस्था, क्षेत्र, गाउँ-नगर एकाइलाई समेत साथ लिएर जनताबीच पुर्‍याउँदै विरोध प्रदर्शनमा सहभागी गराउन निर्देश गरेका हुन्।
 
कांग्रेसले सरकार संविधान र संघीय व्यवस्थाविपरित चल्न थालेको, संघीय सरकार तथा प्रदेश सरकारहरू निर्वाचित भएर आए पनि संविधानको भावना र मर्मअनुसार अगाडि बढ्नुको सट्टा कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट सञ्चालन गर्न उद्यत रहेको निष्कर्ष निकालेको छ।
 
संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुख अलग-अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन गरेको, प्रदेशका अधिकारहरूको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा सरकार प्रस्तुत भएको आरोप कांग्रेसको छ। 

'संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने, सरकार र पार्टी एकैजस्तो गरेर सञ्चालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरूलाई व्यावसायिक रूपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिबद्धताका आधारमा चलाउने प्रवृत्ति स्पष्ट रूपमा प्रकट भएको छ,’ महामन्त्री कोइरालाद्वारा जारी विज्ञप्तीमा भनिएको छ। 

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला विधिसम्मत तरिकाबाट गरिएका नियुक्तिहरूलाई गैरकानूनी तरिकाबाट खारेज गर्ने, ७० वर्षबाट घटाई ६५ वर्षमा वृद्ध भत्ता दिने, मृगौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर विरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता दिने व्यवस्था तथा भूकम्प पीडितहरूलाई थप एक लाख राहत दिने निर्णयहरू खारेज गर्ने वर्तमान सरकारको जनविरोधी निर्णयको विरोध गर्न आन्दोलन गर्नु परेको महामन्त्री कोइरालाले बताएका छन्।

यस्ता छन् आन्दोलनका कार्यक्रम 

पार्टी मुख्यालय सानेपामा मंगलबार बिहान पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखसँगको बैठकमा उपसभापति विमलेन्द्र निधिले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकवादी शैलीविरुद्ध कांग्रेसले ५ साउनमा चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघको अगुवाइमा माइतीघर मण्डलाबाट विरोध प्रदर्शन शुरु भर्इ नयाँ बानेश्वरस्थित प्रतिनिधि सभाअगाडि पुगेर कोणसभा गरिनेछ। ८ 

साउनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट जुलुससहित नयाँ बानेश्वर पुग्ने कार्यक्रम छ। १५ साउनमा भने ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिने भएको छ। बैठकले ३ साउनमा संसद अवरुद्ध गर्ने र सोही दिन सडकमा विरोध प्रदर्शन आयोजना गरिने भएको छ।

विरोध प्रदर्शनमा कांग्रेसले आफ्ना सबै भातृ तथा शुभेच्छुक संस्थाका सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। 

चिकित्सा शिक्षा विधेयक ल्याउन माग गर्दै तरुण दलले ५ साउनमा काठमाडौंमा प्रदर्शन गर्ने र ६ साउनमा बीपी कोइरालाको स्मृति दिवस अवसरमा केन्द्र र जिल्लामा विविध कार्यक्रम गरी मनाइने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।