काठमाडौं- संविधानविद् भीमार्जुन आचार्यले संविधानले तोकेकै समयमा निर्वाचन गराउन दलहरूलाई सुझाएका छन्। सत्तारुढ गठबन्धनमा रहेका दलहरुले तीनै तहको चुनाव एकसाथ गर्ने भन्ने छलफल गरिरहेको समयमा संविधानविद् आचार्यले भने संविधानले तोकेकै समयमा गर्नुपर्ने सुझाएका हुन्।
संविधानविद् आचार्यले शनिबार ट्विट गर्दै संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले), तोकिएकै समयमा निर्वाचन हुनुपर्ने व्यवस्था गरेको स्मरण गराएका हुन्।
उनले लेखेका छन्, ‘संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले) तोकिएको समय मै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको छ। जसअनुसार प्रतिनिधि सभाको पाँच वर्ष (धारा ८५) (५ वर्ष ननघाएर) र स्थानीय तहको 'कार्यकाल (पाँच वर्ष) समाप्त भएको मितिले छ महिना भित्र'( धारा २२५) निर्वाचन सम्पन्न भइसक्नु पर्छ।'
आफ्नो दलले जित्ने र हार्ने खेलभन्दा पनि संविधानको प्रावधानअनुसार अघि बढ्नुपर्ने बताएका छन्। उनले थपेका छन्, 'कुन महिना, कुन बार वा कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ, संविधानले उल्लेख गरेको छैन। दलहरू यसतर्फ नलाग्ने कि?'
संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले) तोकिएको समय मै निर्वाचन हुनु पर्ने व्यवस्था गरेको छ। जसअनुसार प्रतिनिधि सभाको पाँच वर्ष (धारा ८५) (५ वर्ष ननघाएर) र स्थानीय तहको 'कार्यकाल (पाँच वर्ष) समाप्त भएको मितिले छ महिना भित्र'( धारा २२५) निर्वाचन सम्पन्न भैसक्नु पर्छ।
— Bhimarjun Acharya (@BhimarjunPhD) January 22, 2022