बुधबार, भदौ ३, २०८३

माओवादी नेता पुन सोमबार स्वदेश फर्किने

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्किने भएका छन्।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्किने भएका छन्। जन्डिस भएपछि उपचारको क्रममा चीन पुगेका पुन सोमबार बेलुका ८ बजे स्वदेश फर्किने भएका हुन्।

पुनका स्वकीय सचिव सन्तोष पुनले नेता पुन सोमबार नेपाल आउने आउने बताएका हुन्। गत असोजमा शरीरमा जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेपछि उपचारका लागि पुन थाइल्यान्ड गएका थिए। थप उपचारका लागि उनी थाइल्यान्डबाटै चीन पुगेका थिए।

थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका पुन डिस्चार्ज भइसकेका छन्। अहिले पुनको स्वास्थ्यवस्थामा सुधार आएको छ।

प्रकाशित: Jan 22, 2022| 12:36 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...