मंगलबार, असार ३०, २०८३

नेपाल समयको 'स्मार्ट एप', आजै डाउनलोड गर्नुहोस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सम्पूर्ण अनलाइन पत्रिका नेपाल समयले मोबाइलका लागि स्मार्ट एप ‘नेपाल समय’ सार्वजनिक गरेको छ । एन्ड्रोइड भर्सनका लागि तपार्इंको मोबाइलको प्ले स्टोरमा गएर यो एप डाउनलोड गर्न सकिनेछ । मोबाइलमा यो एप ‘इन्स्टल’गरेपछि नेपाल समयमा प्रकाशित समाचार पढ्न सकिनेछ ।

नेपाल समयले पलपलमा अपडेट गरेको समाचार तपार्इंले यो एपमार्फत् पाउनुहुनेछ । महत्वपूर्ण समाचारका लागि मोबाइलमा नोटिफिकेसन पनि आउनेछ । 

एपमा मुख्य समाचार, समाचार तथा सबै क्याटेगोरीमा समाचार, सूचना, तस्बिरहरू र भिडियो हेर्न सकिन्छ ।

नेपाल समयमा प्रकाशित समाचारलाई फुर्सदमा पढ्नका लागि पनि यो एप उपयोगी हुनेछ । त्यसका लागि समाचारको टपमा रहेको ‘सेभ’ बटममा आफूले पढ्न मन लागेको समाचारको लिंक क्लिक गर्नुपर्नेछ । त्यो समाचार ‘सुरक्षित समाचार’शीर्षकमा उपलब्ध हुनेछ । 

यो एप नेपाली र अंग्रेजी दुवै भर्सनमा उपलब्ध छ । आइफोन प्रयोगकर्ताका लागि भने ‘एप स्टोर’चाँडै सञ्चालनमा आउनेछ । 

गणतन्त्र दिवसको अवसर पारेर १५ जेठदेखि नेपाल समय सम्पूर्ण पत्रिकाको रूपमा सञ्चालनमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।