काठमाडौं- नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ। केन्द्रीय कमिटीको बैठक स्थगित गरेर माओवादी केन्द्र शनिबार केन्द्रीय आयोगका अध्यक्षहरू र निवर्तमान स्थायी समिति सदस्यहरूसँग परामर्श बैठकमा जुटेको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभा, तीनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजनालगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
माओवादी केन्द्रले शुक्रबार सूचना जारी गर्दै कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझावलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्मका लागि केन्द्रीय कमिटी बैठक स्थगन गरिएको बताएको छ।