काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले आफ्नै बाचा विपरीत कानुनका छिद्र खोजेर चुनाव टार्ने गलत काम नगर्न चेतावनी दिएका छन्।
संविधान निर्माण गर्दा स्थानीय तहको अवधि पाँच वर्ष किटान गरिएको अवस्थामा कानुन विपरीत जान नहुने उनको तर्क छ।
'संविधान निर्माण गर्दा स्थानीय तहको अवधि पाँच वर्ष किटान गरिएको हो। काबु बाहिरको संकटको स्थिति आए के गर्ने भन्ने कुरा उठ्दा त्यस्तो स्थितिमा ६ महिनाभित्र चुनाव हुनुपर्ने प्रावधान राखिएको हो,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'आफ्नै बाचा विपरीत कानुनका छिद्र खोजेर चुनाव टार्ने गलत काम नहोस्। सबै तहका चुनाउ समयमै हुनुपर्छ।'
संविधान निर्माण गर्दा स्थानीय तहको अवधि ५ वर्ष किटान गरिएको हो।काबु बाहिरको संकटको स्थिति आए के गर्ने भन्ने कुरा उठ्दा त्यस्तो स्थितिमा ६ महिनाभित्र चुनाउ हुनैपर्ने प्रावधान राखिएको हो।आफ्नै बाचा विपरीत कानूनका छिद्र खोजेर चुनाउ टार्ने गलत काम नहोस्।सबै तहका चुनाउ समयमै हुनुपर्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) January 22, 2022