बुधबार, भदौ ३, २०८३

आज सर्वदलीय बैठक, स्थानीय चुनावबारे छलफल हुने

प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका छन्।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री देउवाले बिहान ९ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्थानीय तहको निर्वाचनका साथसाथै कोरोना नियन्त्रणलगायत बैंठकमा छलफल गरिने छ।

शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले चुनावको मितिबारे निर्वाचन आयोग र विज्ञहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय लिएको थियो।

चुनावका सन्दर्भमा गठबन्धनभित्रै एकमत नहुँदा समस्या उत्पन्न हुँदै आएको छ। निर्वाचन आयोगले भने वैशाखमा निर्वाचन गर्न तत्काल मिति घोषणा हुनुपर्ने जनाउँ आएको छ।

प्रकाशित: Jan 22, 2022| 06:36 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...