मंगलबार, असार ३०, २०८३

मानव बेचबिखनमा संलग्‍न सुनिल प्रहरी नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले मानव बेचबिखन तथा ओसार पसारमा संलग्न सिन्धुपाल्चोक बाँसखर्क ६ का सुनिल कुमार तामाङलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

मासिक ३० हजार तलब दिने भन्दै एक महिलालाई  ओमन पुर्‍याई  २१ महिना बन्धक बनाएको बयानका आधारमा खुलेको सिखार्इबीले जनाएको छ।

पिडीतको उजुरीको आधारमा तस्करीमा संलग्न ललितपुरका राजेन्द्र बाँनियालाई जेष्ठ २९ पक्राउ परेका थिए। 

पिडीतलाई दुबईमा रहेको नेपाली दुतावासको पहलमा उद्धार गरी नेपाल फिर्ता गरिएको छ।
 
मानव बेचबिखन तथा ओसारपसार अर्न्तगत सुनील कुमार तामाङ जिल्ला अदालत काठमाडौंमा आजै मुद्दा दर्ता गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।