मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी र नेविसंघबीच झडप, अध्यक्ष महरसहित सात जना घाइते

प्रहरी र नेविसंघबीच झडप, अध्यक्ष महरसहित सात जना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गोविन्द केसीको माग सम्बोधन गर्नु पर्नेभन्दै जुलुस पदर्शन गरिरहेका नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। 

माइतीघरबाट जुलुस पदर्शन गर्दै बानेश्वरतर्फ गइरहेको नेविस‌ंघको टोली र प्रहरीबीच मंगलबार दिउँसो बबरमहलमा झडप भएको हो। झडपमा नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार शाही, मनोनित उपाध्यक्ष निलकण्ठ रिजाल, आनन्द त्रिपाठी, मनिष ऐर, विपिन कटुवाल, शुसान्त सिटौलालगायत नेता कार्यकर्ता घाइते भएका छन्। 

नेविसंघका अध्यक्ष महरले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आफूहरुमाथि बल प्रयोग गरेको बताए। उनले भने, 'डा गोविन्द केसीका जायज मागहरुलार्इ सम्बोधन गर्नुपर्ने भन्दै सरकारलार्इ दबाब दिन पदर्शन गर्दा लाठीचार्ज गरेको हो।' उनले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप समेत लगाएका छन्। 

डा केसी १८ दिनदेखि अघिल्लो सरकारले ल्याएको अध्यादेशलार्इ नै विधेयकको रुपमा प्रस्तुत गरेर पास गर्नुपर्ने माग राख्दै जुम्लामा अनशनरत छन्। डा केसीको जीवनरक्षाका लागि नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नयाँ शक्ति नेपाल, नागरिक समाज तथा अधिकारकर्मीहरु निरन्तर आन्दोलनमा उत्रिएका छन्। 

सरकारले गोविन्द केसीको माग सम्बोधन गर्नेभन्दै सोमबार वार्तासमिति गठन गरेको थियो। वार्ता समितिमा सरकारकातर्फबाट प्रतिनिधित्व गर्ने खगराज बरालले डा केसीले उपचारका लागि तयार भएमात्रै वार्ता अघि बढ्ने बताएपछि निष्कर्षबिहिन भएर टुंगिएको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।