बुधबार, भदौ ३, २०८३

१६ जिल्लाको कांग्रेस अधिवेशन फेरि स्थगित

नेपाली कांग्रेसले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगित भएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेको भन्दै तत्कालका लागि जिल्ला अधिवेशन स्थगित गरिएको कांग्रेसले जानकारी दिएको हो। 

नेपाली कांग्रेसले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ।

यसअघि माघ १५ गतेका लागि तोकिएको थियो। यसअघि पनि २७ पुसका लागि तोकिएको जिल्ला अधिवेशन सार्ने निर्णय भएको थियो।

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन २४-२७ मंसिरमा सम्पन्न भइसकेको छ। तर, क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन।

कोरोना संक्रमणको अवस्था सामान्य भएपछि पुनः १६ जिल्लाको अधिवेशन तोकिने कांग्रेसले जनाएको छ। 

प्रकाशित: Jan 21, 2022| 15:53 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...