शनिबार, असार २०, २०८३

अफ्रिका कप अफ नेसन्स : अन्तिम १६ को समीकरण पूरा

अफ्रिकामा जारी महादेशकै सबैभन्दा ठूलो राष्ट्रिय टिमको फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको समूह चरणको खेल पूरा भएका छन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं – अफ्रिकामा जारी महादेशकै सबैभन्दा ठूलो राष्ट्रिय टिमको फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको समूह चरणको खेल पूरा भएका छन्। बिहीबार राति समूहको अन्तिम खेलमा मालीले मोरिसियानालाई २–० ले हराएसँग समूह चरणका खेल सकिएका हुन्। यससँगै छ समूहका १६ टिम प्रि क्वार्टरफाइनलमा पुगेका छन्।

प्रतियोगिताको छ समूहमा २४ टिमको सहभागिता थियो। त्यसबाट आठ टिम बाहिरिएका छन्। हरेक समूहको शीर्ष दुईमा रहने टिम अन्तिम १६ मा पुगेका छन् भने तेस्रो भएका उत्कृष्ट चार टिम पनि प्रिक्वार्टरफाइनलमा पुगेका छन्।

समूह चरणमा क्यामरुन, सेनेगल, मोरोक्को, नाइजेरिया, आइभोरी कोस्ट र माली समूह ए, बी, सी, डी, ई र एफका विजेता बनेका छन्। त्यस्तै ती समूहमा बुर्किना फासो, गिनी, गाबोन, इजिप्ट, इक्वेटेरियल गिनी र गाम्बिया उपविजेता बनेका छन्। तेस्रो हुँदै ट्युनिसिया, कोम्रोज, मलावी र केप भड अन्तिम १६ मा पुगेका छन्।

यस्तो छ प्रि क्वार्टरफाइनलको समीकरण

बुर्किना फासो र गाबोन : आइतबार राति पौने १० बजे

नाइजेरिया र ट्युनिसिया : आइतबार राति पौने १ बजे

गिनी र गम्बिया : सोमबार राति पौने १० बजे

क्यामरुन र कोमुरोज : मंगलबार राति पौने १ बजे

सेनेगल र केप भड : मंगलबार राति पौने १० बजे

मोरोक्को र मलावी : मंगलबार राति पौने १ बजे

आइभोरी कोस्ट र इजिप्ट : बुधबार राति पौने १० बजे

माली र एक्वेटेरियल गिनी : बुधबार राति पौने १ बजे

प्रकाशित: Jan 21, 2022| 12:26 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।