बुधबार, जेठ २०, २०८३

मधेशमा १४ जनामा ओमिक्रोन पुष्टि

मधेश प्रदेशमा १४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिए।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८
National life
Shivam cement

जनकपुरधाम– कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन मधेश प्रदेशमा पनि देखिएको छ। मधेश प्रदेशमा १४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिए। 

५ सय २७ जना परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो। 

पछिल्लो केही दिनयता मधेश प्रदेशमा कोरोना संक्रमनको दर समेत बढ्दै गइरहेको छ। अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिँदै गएका छन्। बिहीबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो। हाल प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित छन्। संक्रमितहरुमध्ये आईसीयुमा २ जना, एचडीयूमा ४ जना र बाँकी संक्रमित होम आइसोलेसनमा छन्।

प्रकाशित: Jan 21, 2022| 11:57 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।