मंगलबार, असार ३०, २०८३

धरान उपमहानगरका मेयर सुब्बाको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । झण्डै एक सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत सुब्बाको मंगलबार निधन भएको हो । 

छात्तीमा समस्या देखिएपछि उपचार गर्न गएका उनको निमोनिया इन्फेक्सन भएको थियो । 

दुई वर्ष अघि मात्रै मृगौला प्रत्यारोपण गरेका उनको उपचारका क्रममा मृगौलाको पनि डाइग्नोसिस गर्नुपरेको थियो । 

हङकङ बस्दै आएकी सुब्बाकी श्रीमती बिहीबार काठमाडौं आइपुगेकी थिइन् ।

धरानमा एक्लै बस्दै आएका सुब्बा लामो समयदेखि सकिय राजनीतिमा संलग्न थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।