काठमाडौं- निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरेको हो।
लेखापरीक्षण प्रतिवेदन बुझाएका यी तीनै दलको दर्ता खारेज गरिएको आयोगले जनाएको छ। लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म गरिवाना गर्ने गर्छ।
गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो। लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको हो। २०७३/०७४ मा यी दल आयोगमा दर्ता भएका थिए।