मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको महाधिवेशन प्रतिनिधि बन्‍न अध्‍यक्षले पनि चुनाव जित्‍नुपर्ने

नेकपाको महाधिवेशन प्रतिनिधि बन्‍न अध्‍यक्षले पनि चुनाव जित्‍नुपर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको इतिहासमा नयाँ प्रयोग हुने भएको छ। अब अध्यक्षलगायत केन्द्रीय समितिका सबै सदस्यले सीधै महाधिवेशनमा भाग लिन नपाउने भएका छन् । उनीहरूले पार्टी सदस्यता  रहेको भूगोलबाट चुनाव जितेर महाधिवेशन प्रतिनिधि बन्नुपर्नेछ ।

प्रधानमन्त्री निवास बालुवटारमा मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले विधान तथा नियमावलीको टुंगो लगाउँदै यस्तो निर्णय भएको हो। 

यसअघि केन्द्रीय समितिका सबै नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो। मंगलबारको निर्णयले भने अब अध्यक्षले पनि चुनाव लडेर महाधिवेशन प्रतिनिधि बन्नुपर्नेछ। 

महासचिव विष्णु पौडेलले नेपाल समयासँग भने, ‘अब महाधिवेशन प्रतिनिधि बन्न अध्यक्ष, महासचिवलगायत सबैले तलबाट चुनिएर आउनुपर्ने छ।’ उनका अनुसार यदि केन्द्रीय समितिमा रहेका नेताहरू महाधिवेशन प्रतिनिधि निर्वाचित हुन नसके आयोजकको हैसियतमा भाग लिने तर मताधिकार प्रयोग गर्न पाउने छैनन्। पराजित नेताले उम्मेदवार बन्न र महाधिवेशनका नीतिगत निर्णयमा पनि मतदान गर्न पाउने छैनन्। 

यसरी  तल्लो तहबाट  निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्ने पार्टीमा नेकपा दोस्रो भएको छ। यसअघि कांग्रेसले यो विधि प्रयोग गर्दै आएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।