मंगलबार, असार ३०, २०८३

डाक्टरहरूले भने- सरकारको घडीमा माफियाको ब्याट्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वीर अस्पतालस्थित राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेजिडेन्ट डाक्टरहरूले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै स्वास्थ्य मन्त्रालयभित्रै प्रदर्शन गरेका छन् । 

मन्त्रालय परिसरमै पसेर उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका हुन् । 'सरकारको घडीमा माफियाको ब्याट्री', 'तिम्रो मार्सी भोजनले समाजवाद आउँदैन', 'मार्सी धानको भातसँग ऐन साट्न पाइँदैन', 'ओली सरकार हाई हाई, सरकार माफिया बाई बाई', 'डा. केसीको जीवन रक्षा गर', 'आऊ आऊ जनता उर्लेर आऊ, डीकेसीको ज्यान बचाऊ'जस्ता नारा उनीहरूले लगाएका थिए । 

जुम्ला पुगेर डा. केसी आमरण अनशन बसेको आज १८ औं दिन हो । नयाँशक्ति पार्टीले पनि मंगलबार डा. केसीको जीवन रक्षा माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।