काठमाडौं- सत्ता गठबन्धनको बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ।
प्रधानमन्त्री देउवालाई भेट्न बिहीबार साँझ प्रचण्ड र नेपाल बालुवाटार पुगेर र उनीहरुबीच करिब आधा घण्टा छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार उनीहरूबीच चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हो।
यसअघि आज अपरान्ह ४ बजे बोलाइएको सत्ता गठबन्धन बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो। बिहीबार स्थगित गरिएको बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने भएको छ।
सरकार वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने दबाब छ। प्रमुख प्रतिपक्षी दलले पनि वैशाखमै निर्वाचन गराउन आग्रह गरिरहेको छ।
तर, सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने वैशाखको निर्वाचनको मिति सार्नुपर्ने पक्षमा रहेको छ।