बुधबार, भदौ ३, २०८३

सांस्कृतिक अतिक्रमणको खतरा बढेको छ : गुरुङ

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताएका छन्।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता गुरुङले विश्वव्यापीकरणका कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताए। अन्तर्राष्ट्रिय रुपमा हावी भइरहेका संस्कार, संस्कृति र चिन्तनहरुले नेपाली संस्कार र संस्कृतिहरुलाई विस्थापित अथवा निरुत्साहित पार्ने खतरा रहेको उनले औंल्याए। नेता गुरुङले सांस्कृतिक अतिक्रमणका विरुद्धमा सजग रहनुपर्नेमा जोड दिए।

उनले देशभित्रका पनि एउटा समुदायले अर्को समुदायको संस्कार र संस्कृतिको अतिक्रमण गरिरहेको उल्लेख गर्दै त्यसबाट पनि सजग रहनुपर्ने बताए। उनले नेपाली जनताले अंगीकार गरेको सबै भाषा, संस्कृतिलाई समान रुपमा मान्यता स्थापित गर्दै संकार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए।

प्रकाशित: Jan 20, 2022| 17:20 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...