मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यातायात व्यवस्था विभागको लापरवाही, लाइसेन्सबाट १ लाख ६० हजार चिप्स गायब

यातायात व्यवस्था विभागको लापरवाही, लाइसेन्सबाट १ लाख ६० हजार चिप्स गायब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रामेछापका सञ्जीव चौलागाईं चिप्स उप्किएको लाइसेन्स देखाउँदै यातायात व्यवस्था कार्यालय एकान्तकुनाको झ्याल नम्बर ११ देखि १६ सम्म धाउँदै थिए । 

गत कात्तिकमा लिएको लाइसेन्सको मेमोरी चिप्स उप्किएर काम नलाग्ने भयो । अर्को लाइसेन्स लिनुपर्ने बाध्यताका कारण चौलागाईं पुनः एकान्तकुना धाउन बाध्य भए । 

उनीजस्तै एक लाख ६० हजार सेवाग्राहीले अहिले यो समस्या भोगिरहेका छन् । यातायात कार्यालय एकान्तकुनामा मात्र दैनिक २० देखि ३० जनासम्म यस्ता पीडित आउने गरेका छन् । 

लिखित र ट्रायल उत्तीर्ण गरी लिएको कार्डमा 'नन्-प्रोफेसनल ड्राइभिङ लाइसेन्स' लेखिएको छ । जबकि, सबै प्रक्रिया पूरा गरेर लिएको लाइसेन्समा 'प्रोफेसनल' उल्लेख हुनुपर्ने हो । पछिल्लो समय वितरित लाइसेन्समा भने 'नन्-प्रोफेसनल' शब्द हटाइएको छ ।

यातायात व्यवस्था विभागको लापरवाहीका कारण यतिबेला पीडित सेवाग्राहीको आठ करोड रुपैयाँभन्दा बढी नोक्सान भएको छ । नेपालमा प्रयोग हुने मेसिन रिडेबल स्मार्ट लाइसेन्स बनाउने जिम्मा विभागले भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सलाई दिएको थियो ।

मद्रास सेक्युरिटीले प्रिन्टर्सले पहिलो चरणमा नेपाल पठाएको एक लाख ६० हजार प्रति लाइसेन्समा त्रुटि देख्दा देख्दै विभागले सेवाग्राहीलाई वितरण गर्‍यो । लाइसेन्स फिर्ता गर्र्ने वा सम्बन्धित ठेकेदारसँगको जवाफ माग्नेसम्मको आवश्यकता विभागले ठानेन । विभागले यति ठूलो समस्यालाई नजरअन्दाज गर्दै आएको छ ।

विभागका निर्देशक तुल्सीराम अर्यालले आफ्नो चिप्स उप्किएको कार्ड देखाउँदै यस विषयलाई सामान्य बताए । चिप्स उप्किएको लाइसेन्स प्रयोगमा गर्न पाइँदैन । त्यसको प्रतिलिपी लिँदा थप पाँच सय रुपैयाँ तिर्नुपर्छ । थप राजश्व र टिकटको १० रुपैयाँ जोड्दा सेवाग्राहीको आठ करोड १६ लाख रुपैयाँ नोक्सान भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।